post-slider post-slider

विमानस्थलबाट फेरि सुन बरामद

Image
A A

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद भएको छ।

१४ किलो अवैध सुन भित्र्याइएको घटना सेलाउन नपाउँदै विमानस्थलबाट फेरि ६ किलो ५६५ ग्राम सुन बरामद भएको हो।

भन्सार क्षेत्रबाट बाहिरिइसकेपछि प्रहरीको टोलीले सुनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको प्रहरी प्रमुख डिआइजी अर्जुन चन्दले जानकारी दिएका छन्।

उनले इजिप्ट र सुडानका नागरिकलाई सुनसहित पक्राउ गरिएको बताएका छन्।

ज्याकेटको गोजीमा बिस्कुट जस्तो गरी डल्लो बनाइ ल्याइएको अवस्थामा उनीहरूलाई प्रहरीको टोलीले पक्राउ गरेको चन्दले बताए।

फ्लाई दुबईको एफजेड ५७३ जहाजबाट आएका उनीहरू शनिबार राति ११ : ५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए।

विमानस्थलको भन्सार टोलीले बिहीबार राति १४ किलो सुनसहित एक जनालाई पक्राउ गरेको थियो।

 

Tags: