post-slider post-slider

आफ्नै बेहुली र अरू तीन जनाको हत्यापछि आत्महत्या

Image
A A

काठमाडौं- थाइल्यान्डमा अपाङ्गता भएका एक खेलाडीले आफ्नै बिहेको दिन गोली हानी बेहुली र अरू तीन जनाको हत्या र त्यसपछि आत्महत्या गरेको छ।

उनी पूर्वसैनिक पनि हुन्।

प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार २९ वर्षीय चतुलोङ सक्सुक र ४४ वर्षीया कान्चना पान्टुकको विवाह पूर्वोत्तर थाइल्यान्डमा भएको थियो।

सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार बेहुला चतुलोङ बिहेको भोजबाट एक्कासी बाहिर गए।

फर्केर आउँदा एउटा बन्दुक ल्याए। त्यही बन्दुक चलाएर उनले आफ्नी नवविवाहिता पत्नी, उनकी ६२ वर्षे आमा र ३८ वर्षे बहिनीको ज्यान लिए।

समारोहमा उपस्थित अरू दुई जनालाई पनि गोली लागेको थियो। जसमध्ये एक जनाको उपचारको क्रममा मृत्यु भयो।

प्रहरीले जनाएअनुसार चतुलोङ घटना भएका बेला ‘िनकै मातेका’ थिए। तर, उनले किन त्यस्तो घातक काम गरे भन्ने स्पष्ट भइसकेको छैन।

प्रहरीका अनुसार उनले गत वर्ष बन्दुक र गोली वैधानिक रूपमै किनेका थिए।

स्थानीय सञ्चारमाध्यमका अनुसार बिहेमा आएका निम्तालुहरूले प्रहरीलाई बताएअनुसार भोजका बेला नवदम्पतीबीच केही भनाभन भएको थियो।

पत्नी र आफ्नो उमेरमा ठूलो भिन्नता भएकाले उनले केही असुरक्षित महसुस गरेको विवरण पनि आएको छ।

तर, प्रहरीले त्यसलाई अनुमानमात्र भनेको छ।

चतुरङ र कन्चना बिहे गर्नुअघि तीन वर्षदेखि सँगै बस्दै आएका थिए।

 

Tags: