post-slider post-slider

भारतीय पर्यटक चढेको बस मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु, ६ जना बेपत्ता

Image
A A

दमौली- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ।

शुक्रबार आँबुखैरेनी गाउँपालिका-२ स्थित ऐना पहराबाट यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको हो। बसमा भारतीय पर्यटकहरू सवार थिए। प्रहरीका अनुसार दुर्घटनास्थलबाट अहिलेसम्म १४ जनाको शव निकालिएको छ। 

अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको टोलीले उद्धार गरिरहेको छ। प्रारम्भिक जानकारी अनुसार बसमा ३५ जना यात्रु सवार रहेको बताइएको छ।

दुर्घटनामा ६ जना यात्रु अझै बेपत्ता रहेका छन्।

Tags: