post-slider post-slider

बढेन वृद्धभत्ता, ९८ प्रकारका औषधिलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

Image
A A

काठमाडौं - सरकारले सामाजिक सुरक्षा भत्तालाई यथावत राखेको छ। वृद्धवृद्धाले पाउँदै आएको ४ हजार वृद्धभत्ता निरन्तर पाउने भएका हुन्।

सरकारले ६८ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको जानकारी दिए।

६० वर्ष पूरा भएका दलित, एकल महिला, विपन्न, सीमान्तकृत वर्ग र समुदाय तथा बालबालिकालाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ताका लागि सरकारले रकम विनियोजन गरेको छ।

यस्तै सरकारले ९८ प्रकारका औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ।

मुलुकभरका ६ हजार ७४३ वडाका आधारभूत स्वास्थ्य केन्द्रबाट यो सेवा सुविधा लिन सकिने सरकारले जनाएको छ।

औषधि, खोपलगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरिएको अर्थमन्त्री महतले जानकारी दिए।

 

Tags: