post-slider post-slider

६ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

Image
A A

काठमाडौं- नेपाल राष्ट्र बैंकले विकास ऋणमार्फत ५ अर्ब ८४ करोड रूपैयाँ आन्तरिक ऋण उठाउने भएको छ।

ऋणपत्रका लागि बिहीबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने र शुक्रबार भदौ १ मा ऋणपत्र निष्कासन गरिने सूचना निकालेर राष्ट्र बैंकले जनाएको छ।

‘विकास ऋणपत्र ०८६ ट’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ६ वर्ष छ।

ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन्।

यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्यजा अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ।

आउँदो पुससम्म सरकारले १ खर्ब १० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। चालु आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले तय गरेको आन्तरिक ऋण संकलनका लागि नेपाल राष्ट्र बैंकले तालिका सार्वजनिक गरेको छ।

जसअनुसार पुससम्म १ खर्ब १० अर्ब रूपैयाँ र त्यसपछिका ६ महिनामा १ खर्ब ३० अर्ब गरेर यस वर्ष कुल २ खर्ब ४० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने सरकारको तयारी छ।

 

Tags: