post-slider post-slider

कोप–२८ प्रभावकारी रह्यो : प्रधानमन्त्री प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन ‘कोप–२८’ प्रभावकारी र परिणामुखी भएको बताएका छन्।

सम्मेलनमा सहभागी भइ आइतबार साँझ स्वदेश फिर्तापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

उनले यसपालि सम्मेलनमा नेपालले आफ्नो एजेनडा प्रभावकारी र वस्तुनिष्ठ ढंगले प्रस्तुत गरेको उल्लेख गरे।

प्रचण्डले जलवायु परिवर्तनको असर नेपालले भोग्नुपरेकाले त्यसवापतको क्षतिपूर्तिका लागि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले नेपाललाई प्राथमिकता प्राप्त देशको सूचीमा समावेश गरिएको आफूलाई जानकारी दिएको बताए।

महासचिव गुटेरेसको नेपाल भ्रमणपछि जलवायु मुद्दामा नेपालको आवाज प्रभावकारी बनेको उनको भनाइ छ।

सम्मेलनका क्रममा नेपालको आफ्नै नेपालमण्डपसमेत पहिलोपटक राखिएको र जलवायु परिर्वतनका सन्दर्भमा स्पष्ट दृष्टिकोणका साथ छलफलको आयोजना गरिएको प्रधानमन्त्रीले जानकारी दिए।

कोपा–२८ मा नेपालले आफ्नो अधिकारको विषय प्रस्ट दृष्टिकोणका साथ आफ्ना धारणा राखेको जानकारी दिँदै उनले हिमाल, पहाड र नेपाल भनेर नै सुत्रबद्ध चर्चा भएको उल्लेख गरे।

सम्मेलनमा सहभागी हुने क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संक्षिप्त कुराकानी भएको उनले जानकारी दिए।

 

Tags: