post-slider post-slider

सरकारले खेल क्षेत्रलाई महत्त्वमा राखेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ

Image
A A

काठमाडौं- उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले युवा तथा खेल क्षेत्रलाई महत्व दिँदै आएको बताएका छन्। 

शनिबार काठमाडौंमा आयोजित ७औं प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले खेलाडीलाई सम्मान गर्ने कार्यमा वर्तमान सरकार बढी सक्रिय रहेको बताए। 

सरकारले यतिवेला सुशासन, समृद्धि र समाजिक न्यायलाई प्राथमिकतासहित युवा तथा खेल क्षेत्रलाई समेत महत्त्व दिँदै आएको उनले बताए। 'प्रतियोगिता चलिरहेको वेला प्रधानमन्त्री तथा उपप्रधानमन्त्रीसहित मैदान मै पुगेर खेलाडीलाई प्रोत्साहित गर्ने कुरा होस, खेलको विकासको निम्ति पूर्वाधार विकासमा महत्व दिने कुरा होस वा विजेता खेलाडीहरुलाई सम्मान गर्ने कुरा होस यो सबै तथ्यहरुले वर्तमान सरकार वढी सक्रिय रहेको छ,' उनले भने। 

२०७४ जेठ ८ गते बसेको मन्त्रपिरिषदको बैठकले भलिबल खेललाई राष्ट्रिय खेलको घोषणा गर्दै भलिवलको विकासमा राज्यको भूमिका बढाउने निर्णय गरेको थियो। उक्त निर्णयले देशभरिका लाखौं भलिवल खेलाडीहरुलाई उत्साहित तुल्याउनको साथै राष्ट्रिय गौरवमा उत्साहित गरेको उनको भनाइ छ।

Tags: