post-slider post-slider

माल्दिभ्स १३८ रनले पराजित

Image
A A

काठमाडौं- चीनमा जारी दक्षिण एसियाली खेलकुदअन्तर्गतको क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्सलाई १३८ रनले पराजित गरेको छ।

अभिनाश बोहराको बलिङसामू निरीह बनेको माल्दिभ्स यो अन्तरले पराजित भएको हो।

बोहराले ६ विकेट लिएका छन्।

नेपालले प्रस्तुत गगरेको २१३ रन पछ्याउने क्रममा माल्दिभ्स ७४ रन बनाएर अलआउट भयो।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१२ रन जोडेको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए। रनआउट हुनअघि उनले २७ बलमा ५२ रन बनाएका थिए।

मंगोलियाविरूद्धको खेलमा कीर्तिमानी शतक बनाएका कुशल मल्ल ४७ रनमा नटआउट रहे।

उनले २० बलमा ३ चौका र २ छक्काको मदतले यो रजन जोडेका थिए।

ओपनर कुशल भुर्तेलले १८ बलमा ३५ रन बनाउँदै नेपाललाई मजबुत सुरूवात दिलाए।

त्यस्तै गुलशन झाले पनि ३५ रन बनाए। २१ बलको सामना गरेका उनले १ चौका र ३ छक्का प्रहार गरे।

एसियाड क्रिकेटमा नेपालको यो लगातार दोस्रो जित हो। यसअघि पहिलो खेलमा नेपालले मंगोलियालाई पराजित गरेको थियो।

Tags: