post-slider post-slider

१०३ प्रकारका एन्टिबायोटिक औषधि उत्पादन र बिक्रीमा प्रतिवन्ध

Image
A A

काठमाडौं- औषधि व्यवस्था विभागले १०३ प्रकारका एन्टिबायोटिक औषधि र तिनका समिश्रण उत्पादन तथा आयातमा प्रतिवन्ध लगाएको छ। 

विश्व स्वास्थ्य संगठनद्वारा सिफारिस नगरिएका प्रतिजैविक औषधि र समिश्रणलाई रोक लगाउने निर्णय गरिएको विभागले जनाएको छ।  

१०३ प्रकारका औषधि दर्ता अनुमति नदिने तथा उत्पादन बिक्री  वितरणका लागि लाइसेन्ससमेत नदिने विभागको निर्णय छ। 

हाल बजारमा त्यस्ता औषधिहरू बिक्री भइरहेको भए ६ महिनाभित्र सक्नुपर्ने र ६ महिनापछि बजारबाट सम्पूर्ण औषधि फिर्ता गर्न पनि विभागले निर्देशन दिएको छ। 

एन्टिबायोटिक औषधिको प्रयोग न्यूनीकरण गर्न र तथ्यमा आधारित उपचार प्रणालीलाई बढावा दिन यस्तो निर्णय गरिएको विभागले जनाएको छ।

Not-recommended-Antibiotics-(1)-(1)-1694939682.jpg

Tags: