post-slider post-slider

सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्मामाथि सुनुवाइ सुरू

Image
A A

काठमाडौं- सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुुनुवाई प्रक्रिया सुरू भएको हो।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले शर्मामाथि उजुरी आह्वान गरेको हो। समितिले उजुरी आह्वान गरेसँगै शर्मामाथि सुनुवाइ सुरू भएको हो।

उच्च अदालत पाटनका न्यायाधीश शर्मा हाल सर्वोच्चमा काजमा रहेका छन्।

१० भदौमा बसेको न्याय परिषद बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो।

त्यही निर्णयअनुसार शर्मालाई संसदीय सुनुवाइका लागि न्याय परिषदले पत्र पठाएपछि उजुरी आह्वान गरिएको हो।

१० दिनभित्र दिएको उजुरीमाथि छानबिन गरेपछि प्रस्तावित सर्वोच्चका न्यायाधीश शर्मामाथि संसदीय सुनुवाइ हुनेछ।

संसदीय समितिले सुनुवाइपश्चात नाम अनुमोदन गरेपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

 

Tags: