post-slider post-slider

लुम्बिनीमा सरकार विस्तार, को-को बने मन्त्री?

Image
A A

काठमाडौं- लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन्।

गत चैत २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका महराले सत्ता समीकरणमा भागबण्डा मिलेपछि ११ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन्।

जसमा चेतनारायण आचार्यलाई अर्थमन्त्री, दिपेन्द्र पुनलाई स्वास्थ्य, भण्डारीलाल अहिरलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ भने दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुनकुमार केसी, भुमिश्वर ढकाल, रत्न क्षेत्री र भगवती अधिकारीलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिएको छ।

मन्त्री पदमा नियुक्तहरूको आज साँझ सपथ गरेपछि मन्त्रालय विभाजन हुने बताइएको छ।

Tags: