post-slider post-slider

गाजाको सबैभन्दा ठूलो अस्पतालमा सेनाको आक्रमण

Image
A A

काठमाडौं- हमासको कमान्ड सेन्टर रहेको भन्दै इजरायली सेनाले बुधबार  गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ।

हजारौं बिरामी र अश्रय लिएका नागरिकहरू रहेको उक्त अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको इजरायली सेनाले दाबी गरेको छ।

इजरायली र प्यालेस्टिनी अधिकारीहरूले गाजा सहरको अल–सिफा अस्पतालमा सैन्य कारबाही भइरहेको बताएका छन्।

इजरायल डिफेन्स फोर्स (आइडिएफ) ले आफ्नो सेनाले उक्त अस्पतालको  ‘निर्दिष्ट क्षेत्रमा हमासविरूद्ध सटिक र लक्षित’ कारबाही गरिरहेको बताएको छ।

अस्पतालभित्र रहेका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अधिकारी युसेफ अबुल रेसले अस्पताल परिसभित्र ट्यांक तथा आकस्मिक र स्वागत भवनहरूमा दर्जनौं सैनिक र कमान्डोहरूलाई देख्न सकिने बताएका छन्।

अल–शिफा अस्पताललाई ‘सुरक्षित गरिनुपर्छ’ भन्ने अमेरिकाको कडा चेतावनीपछि इजरायलले गुप्तचर सूचना र ‘अपरेसनल आवश्यक्ता’ का आधारमा छापा  मारिएको बताएको छ।

स्थानीय अधिकारीहरूका अनुसार हजारौं बिरामी, कर्मचारी तथा विस्थापित सर्वसधारण उक्त अस्पताल परिसरभित्र रहेका छन्।

प्रत्यक्षदर्शीहरूले अस्पताल पपिरसरको अवस्थालाई भयावहका रूपमा वर्णन गरेका छन्।

एनेस्थिटकविना नै चिकित्सा प्रक्रियाहरू भइरहेको भन्दै उनीहरूले खानेकुरा तथा पानीको अभाव परिवारहरू करिडोरमा बस्ने गरेका र सडेका शवका दुर्गन्ध फैलिरहेको बताएका छन्।

अस्पतालका निर्देशक मोहम्म अबु सल्यिमाले भने, ‘अस्पताल परिसरमा शवहरू छरपस्ट छन् र शवगृहमा अब बिजुली छैन।’

कमान्ड पोस्ट र हतियार भण्डारण गर्न हमासले अस्पताललाई ढालको रूपमा प्रयोग गर्दै आएको इजरायलले लगातार दाबी गर्दै आएको छ। तर, यो दाबीलाई हमासले अस्वीकार गरेको छ।

 

Tags: