post-slider post-slider

पेप्सी दुर्घटना : दुई जनाको मृत्यु

Image
A A

काठमाडौं- काठमाडौंको पेप्सीकोलामा सवारी दुर्घटनामा परी घाइते भएका १४ मध्ये दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएकामध्ये अस्पतालमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराई र सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीया उषा थापा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक कुमोद ढुंगेलले जानकारी दिए।

जडीबुटीदेखि पेप्सीकोलातर्फ जाँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसायी संघको बा ३ ख ४८४८ नम्बरको बस र विपरित दिशाबाट आएको बा ६ च ५३४२ नम्बरको बोलेरो गाडी आइतबार बिहान साढे सात बजे ठोक्किँदा दुर्घटना भएको थियो।

दुई गाडी ठोक्किँदा बागमती प्रदेस ०२–२३७ प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेस ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकलसमेत दुर्घटनामा परेका थिए।

बसका चालका रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

Tags: