post-slider post-slider

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

Image
A A

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ।

व्यवसायी प्रतिम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको स्वाभिमानमाथि आँच पु¥याउने गरी अभिव्यक्ति दिएको भन्दै प्रमुख प्रतिपक्षी दल एमाले विरोधमा उत्रिएपछि बैठक स्थगित भएको हो।

बैठक सुरू भएसँगै एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको स्वाभिमानथि आँच पु¥याएको भन्दै राजीनामाको माग गरे।

‘प्रधानमन्त्री सबैथोक होइन, देशको स्वाभिमान महत्वपूर्ण विषय हो। प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले आम नेपाली जनताको स्वाभिमानमाथि आँच पु¥याएको छ। उहाँलाई एक मिनेट पनि पदमा बस्ने अधिकार छैन,’ पन्तले भने।

पन्तको सम्बोधन सकिएलगत्तै एमालेका सांसदहरू आ–आफ्नो स्थानमा उभिएका थिए।

लगत्तै सभामुख देवराज घिमिरेले आधा घन्टाका लागि बैठक स्थगित भएको जानकारी गराए।

आइतबार पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह बारम्बार दिल्ली गएको बताएका थिए।

प्रधानमन्त्री प्रचण्डको यो अभिव्यक्तिलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्तिजनक बताएको छ।

यद्यपि प्रधानमन्त्री प्रचण्डले आफूले बोल्दै नबोलेको कुराल उचालेर बबन्डर मचाउन खोजिएको टिप्पणी गरेका छन्।

बुधबार अनेरास्वयवियु क्रान्तिकारीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले बेलुनरूपी बबन्डर चाँडै फुट्ने र यसबाट केही नहुने दाबी गरे।

 

Tags: