post-slider post-slider

एसिसी इमर्जिङ कप : नेपाल पाकिस्तानसँग पराजित

Image
A A

काठमाडौं– एसिसी इमर्जिङ एसिया कपको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको छ।

टस जितेर ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई १ सय ८० रनको लक्ष्य दिएको थियो। सो लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो।

पाकिस्तानको जितमा मुहम्मद तय्यब ताहिरले अर्धसतकीय पारी खेल्दै ५१ रन बनाए।

६७ बलको सामना गरेका उनले ६ चौका प्रहार गरे। नेपालका लागि ललित नारायण राजवंशीले ३ विकेट लिए। पवन सर्राफले २ तथा कुशल मल्लले १ विकेट लिए। 

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभरमा अलआउट हुँदै १ सय ७९ रन बनाएको थियो। टोलीका लागि सोमपाल कामीले अर्धसतकीय पारी खेल्दै सर्वाधिक ७५ रन बनाए।

१ सय १ बलको सामना गर्ने क्रममा उनले ९ चौका र २ छक्का प्रहार गरे। त्यस्तै प्रतिश जिसी (२६), गुलशन कुमार झा (१३) र मोहमद आसिफ शेखले (१२) रन बनाउँदा कुशल मल्ल र अर्जुन साउदले समान १७–१७ रन बनाए। पाकिस्तानका लागि शाहनवाज दहनीले ५ विकेट लिए। मोहम्मद वसीमले ४ तथा मुबासिर खानले १ विकेट लिए। 

एसियन क्रिकेट काउन्सील (एसीसी) ले आयोजना गरेको प्रतियोगितामा नेपालसँगै आयोजक श्रीलंका, भारत, पाकिस्तान, बङलादेश, अफगानिस्तान, युएई र ओमानका टोली रहेका छन्।

प्रतियोगिता नेपालको समुहमा भारत, पाकिस्तान र युएई रहेका छन्। अब नेपालले आफ्नो दोस्रो खेलमा भारतको सामना गर्नेछ। सो खेल १७ जुलाईमा हुनेछ। 

समूह चरणको अन्तिम खेल १९ जुलाईमा नेपालले युएईसँग खेल्नेछ। प्रतियोगिताको सेमिफाइनल २१ र फाइनल खेल २२ जुलाईमा हुनेछ।

Tags: