post-slider post-slider

पूर्वमुख्यमन्त्री कार्कीले तोडे अनसन

Image
A A

विराटनगर- कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले अनसन तोडेका छन्।

सरकारले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि विराटनगर-६ निवासी निर्मला शर्माकी ४२ दिने शिशुको हातबाट जुस पिएर कार्कीले बुधबार राति अनसन तोडेका हुन्।

कार्कीले उठाएका माग पूरा गर्ने विषयमा उनी र आन्तरिक मामिला तथा कानुन मन्त्री लीलावल्लभ अधिकारीबीच सहमति भएको थियो। वार्ताका लागि मन्त्री अधिकारी अनसनस्थल पुगेका थिए।

आफ्नो सरकारले ल्याएका जनप्रिय कार्यक्रमहरू कटौती भएको भन्दै कार्कीले मंगलबारबाट कोशी प्रदेश सभानजिकै देवकोटा चोकमा आमरण अनसन सुरू गरेका थिए।

कार्कीले आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जंगली जनावरको संरक्षणका लागि जनावरमैत्री जंगल अभियान, महिला स्वयं सेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया करिडोर निर्माण लगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै अनसन सुरू गरेका थिए।  

Tags: