post-slider post-slider

मैक्स्वेल : ‘घाइते बाघ’ ‘मैड मैक्सी’ ले यसरी खोसे अफगानिस्तानबाट जित

Image
A A

काठमाडौं- चमत्कार कमै हुन्छ। क्षमता देखाउनेवाला खेलको मैदानमा झनै कम।

तर चमत्कारमाथि विश्वास गर्नेले मुम्बईको वानखेडे स्टेडियममा ग्लेन मैक्सवेलको रूपमा चमत्कारलाई देखे।

एक जना खेलाडी आफ्नो साहसले के–के गर्नसक्छ, त्यो मैक्सवेलको इनिङले देखाइदियो।

उनले जुन चार बलका साथ म्याचलाई अन्त्य गरे, त्यसमध्ये दुईवटामा छक्का, फेरि चौका र फेरि छक्का प्रहार गरे।

यी सटहरू त्यतिबेला आएको थियो जब मैक्सवेल केवल आफ्नो खुट्टामा उभिनमात्रै सकिरहेका थिए। दौडेर रन लिने अवस्थामा थिएनन् नै बल खेल्दा गोडा चलाउने स्थितिमा पनि थिएनन्।

क्रिजमा उभिएर नै मैक्सवेलले इतिहास बनाइदिए। उनले दोहोरो सतक बनाए, जसको अन्तिम सय रन गोडाको दुखाइसँग सामना गर्दै विना दौडेर पूरा गरे।

मैक्सवेलले यो इनिङमा अस्ट्रेलियालाई हारबाट त जोगाए नै १२८ बलमा अविजिति २०१ रन बनाएर इतिहासमा आफ्नो नाम पनि दर्ज गराए।

उनले पहिलो सय रनमा १० चौका र ३ छक्का प्रहार गरे। त्यसपछिको १०१ रनका लागि मैक्सवेलले ७ छक्का र ११ चौका हाने।

यो क्रममा उनले अफगानिस्तानका तीब्र गतिका बलरका साथै स्पिन बलरलाई पनि निशाना बनाए। यद्यपि उनले गोडाको दुखाइलाई आफ्नो खेलमाथि हावी हुन दिएनन्।

क्रिकेटको दुनियाँमा ‘मैड मैक्सी’ नामले परिचित मैक्सवेलले ‘जिनियस’ मात्रै नभएर ‘मैड स्किल्स’ को विशेषता पनि आफूसँग रहेको प्रष्ट पारिदिएका छन्।

अस्ट्रेलियाइ क्रिकेटमा ज्यादै कम उमेरमा आफ्नो क्षमताको भरमा ‘चमत्कार’ देखाउने मैक्सवेललाई अन्तर्राष्ट्रिय क्रिकेटमा खासै सफलता प्राप्त भएन।

तर, समय समयमा उनी आफ्नो ‘स्पार्क’ देखाउने गरेका छन् जसका कारण १० वर्षदेखि अस्ट्रेलियाको एकदिवसीय क्रिकेट टिमका सदस्य बनिरहेका छन्।

अविजित २०१ रनको इनिङ, विश्व क्रिकेटमा छैठों नम्बर वा त्योभन्दा तल आउने ब्याटरका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो स्कोर हो।

एकदिवसीय क्रिकेटमा मैक्सवेलमात्र यस्तो ब्याटर हुन् जसले आपनिङ नगरेर दोहोरो सतक बनाएका छन्।

अहिलेसम्म एकदिवसीय क्रिकेटमा सबै दोहोरो सतक ओपनरले मात्र बनाएका थिए।

यसबाहेक कुनै पनि अस्ट्रेलियाको ब्याटरले एकदिवसीय क्रिकेटमा दोहोरो सतक पहिलोपटक बनाएको हो।

सबैभन्दा छिटो दोहोरो सतक बनाउने कीर्तिमान कायम गर्न मैक्सवेल २ बलले चुके। इशान किसनले १२६ बलमा दोहोरो सतक बनाएका छन्। जबकि मैक्सवेलले १२८ बलमा दोहोरो सतक पूरा गरे।

तर, मैक्सवेलको दोहोरो सतक विषम परिस्थितिमा बनेको हो।

त्यतिमात्रै होइन एकदिवसीय क्रिकेटमा लक्ष्य पछ्याउँदै गर्दा यो दोहोरो सतक पहिलोपटक बनेको हो।

मैक्सवेल ब्याटिङका लागि आएको बेला अफगानिस्तानका अजमतुल्लाहले पहिलो दुई बलमा दुई विकेट लिइसकेका थिए।

मैक्सवेललाई ह्याट्रिक जोगाउने दबाब थियो। र, उनी भाग्यले जोगिए। बल ब्याटलाई छोएर विकेटपछाडि गएको थियो तर किपरले क्याच समाउन सकेनन्।

अस्ट्रेलियाको चार विकेटमा ४९ रन थियो। यहाँबाट मैक्सवेलले इनिङलाई सम्हाले।

उनी क्रिजमै छँदा अफगानिस्तानले प्रस्तुत गरेको २९२ रनको लक्ष्यको जवाफमा स्ट्रेलियाले ९२ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो।

पूरा स्टेडियममा अफगानिस्तानको पक्षमा समर्थन देखिएको थियो। सबैलाई लागेको थियो अफगानिस्तानले विश्वकपमा ठूलो उलटफेर गरिदिनेछ।

मैक्सवेल त्यतिबेला २६ रन बनाएर खेलिरहेका थिए। यहाँबाट मैक्सवेललाई साथ दिन कप्तान पैट कमिन्स आए। कमिन्स ‘ननस्ट्राइकर एन्ड’ बाट हेरिरहेका थिए र मैक्सवेलले खेल बदल्न सुरू गरिदिए।

यसक्रममा एकपटक स्क्वायर लेग र अर्कोपटक मिड अफमा उनको क्याच छुट्यो। दुईपटक जीवनदान पाएका मैक्सवेलले आफ्नो भरोसालाई टुट्न दिएनन्।

हेर्दाहेर्दै ७६ बलमा उनले आफ्नो सतक पूरा गरे। अर्कोतर्फ रहेका कमिन्स भने दोहोरो अंकसम्म पुगेका थिएनन्।

सतक पूरा भइसकेपछि मैक्सवेलको असली रूप देखियो। विस्फोटक ब्याटरको पहिचान बनाएका उनले गोडाको दुखाइका बाबजुद क्रिजमा डटिरहे।

४१ औं ओभरमा मैक्सवेललाई स्ट्रेचरमा राखेर मैदान बाहिर पु¥याउनुपर्ने स्थिति सिर्जना भएजस्तो देखिन्थ्यो। ब्याटिङका लागि तयार भइसकेका एडम जैम्पा पवेलियन फर्के। र, मैक्सवेल फेरि एकपटक क्रिचमा उभिए।

शारीरले साथ नदिए पनि दह्रिलो हिम्मत देखाएका मैक्सवेलले अफगानिस्तानले लगभग ‘फत्ते’ गरिसकेको म्याचलाई आफ्नो टिमको पोल्टामा पारे।

 

Tags: