post-slider post-slider

खाना पकाउने ग्यास र पेट्रोलको मूल्य घट्यो

Image
A A

काठमाडौं- नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

आइतबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले खाना पकाउने ग्यास र पेट्रोलको मूल्य घटाएको हो।

निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १० रूपैयाँले घटनाएको छ। नयाँ मूल्यअनुसार प्रतिसिलिन्डर ग्यासको मूल्य १ हजार ७९० रूपैयाँ कायम भएको छ।

त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रूपैयाँ घटेको छ। 

पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६४ रूपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक फरक दर कायम भएको निगमले जनाएको छ।

डिजलको मूल्य प्रतिलिटर ४ रूपैयाले घटेको छ। अब उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १४६ रूपैयाँ कायम भएको छ।

निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको हो। 

अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्ने र घटेर आउँदा घट्नेछ।

भारतबाट हरेक १५ दिनमा मूल्यसूची आउने गरेको छ। पछिल्लो समय इन्डियन आयल कर्पोरेसन (आइओसी) ले शनिबार राति पेट्रोलियम पदार्थको मूल्यसूची पठाएको थियो।

आइओसीको ३१ अर्ब बक्यौता रकम भुक्तानी गरेसँगै निगमले इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेको हो। 

 

Tags: