post-slider post-slider

३० दिनभित्र विवरण पेस गर्न सहकारीहरूलाई महानगरको निर्देशन

Image
A A

काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका सहकारीहरूलाई ३० दिनभित्र विवरणहरू पेस गर्न निर्देशन दिएको छ।

महानगरले सहकारीहरूको साधारणसभाको जानकारी, लेखा परीक्षण प्रतिवेदनलगायतका विवरणहरू पेस गर्न निर्देशन दिएको हो।

केही सहकारी संस्थाहरूले साधारणसभा, लेखा परीक्षणको प्रतिवेदनलगायतका विवरण नबुझाएको पाइएपछि महानगरपालिकाले यस्तो निर्देशन जारी गरेको हो।

काठमाडौं महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै केही सहकारी संस्थाहरूले साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण पेस नगरेको जनाएको छ।

३० दिनभित्र तोकिएका विवरणहरू पेस नगरे कानुनअनुसार कारबाही गरिने महानगरपालिकाले चेतावनीसमेत दिएको थियो।

‘काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ को उपदफा २ ले संस्थाको साधारणसभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ ले आर्थिक वर्ष समाप्त भएको बढीमा ३ महिनाभित्र प्रचलित कानुनबमोजिम इजाजतप्राप्त लेखा परीक्षकबाट संस्थाको प्रत्येक वर्षको लेखा परीक्षण गराउनुपर्ने व्यवस्था गरेको छ,’ सूचनाम भनिएको छ।

काठमाडौं महानगरका मेयर बालेन्द्र साहले पनि सामाजिक सञ्जालमार्फत वित्तीय जोखिमबाट बच्न र सहकारी संस्थाहरूलाई संकटग्रस्त हुनबाट बचाउन अनुरोध गरेका छन्।

उनले तोकिएको समयमा सबै सेयर सदस्यहरूलाई उपस्थित गराइ साधारणसभा सम्पन्न गरी संस्थानको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउन भनेका छन्।

 

Tags: