post-slider post-slider

कालोबजारी गर्नेलाई केही गर्न सकेनौं : मन्त्री रिजाल

Image
A A

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चाडपर्वमा कालोबजारी उपभोक्ता ठगी गर्नेहरूलाई कुनै कारबाही गर्न नसकिएको बताएका छन्।

सोमबार विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापारसम्बन्धी विधेयक, २०८० बारे छलफलमा भाग लिने क्रममा उनले विद्युतीय व्यापारसम्बन्धी ऐनहरू बन्न नसक्दा काजोबाजारी गर्नेहरूलाई कारबाही गर्न नसकिएको उनले बताएका हुन्।

समातिएका ठूला कालोबजारी गर्ने व्यक्तिहरू तीन लाख तिरेर छुट्ने गरेको भन्नुहँुदै उनले जरिबानाको दायरा ठूलो बनाउन आवश्यक रहेको बताए।

ठूलो कालोबजारी गर्नेहरूलाई कसुरको आधारमा हेरेर दुईदेखि १० लाखसम्म जरिवाना गर्ने प्रावधान राख्नुपर्ने उनको भनाइ थियो।

‘कालोबजारीहरूलाई हामीले यसपालि केह ीगर्न सकेनौं। गयो समात्यो, २० हजार फाइन गरेका थियौं, ठूलालाई तीन लाख गर्ने हो तर उठाउने कानुन छैन, नदिए कसरी बढ्ने भन्ने छैन,’ उनले भने।

मन्त्री रिजालले जरिवाना तिराएकाहरूले जरिवाना नतिरे कसरी उठाउने भन्नेसम्मको कानुन नरहेको समेत बताए।

 

Tags: