post-slider post-slider

भक्तपुरमा चितुवाको आक्रमणबाट दुई जना घाइते

Image
A A

काठमाडौं- भक्तपुरमा चितुवाको आक्रमणमा परी दुई जना घाइते भएका छन्।

भक्तपुरको गठ्ठाटार–३ मा शुक्रबार बिहान चितुवाको आक्रमणमा परी दुई जना घाइते भएका हुन्।

घाइते दुवै जनाको उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

चितुवालाई डिभिजन वन कार्यालयको टोलीले ‘डार्ट’ गरेर नियन्त्रणमा लिएको छ।

चितुवा नियन्त्रणमा लिएको हेर्न स्थानीयको ठूलो भिड जम्मा भएको थियो।

सुरूवा चितुवाले स्थानीयलाई आक्रमण गरेको थियो।

 

Tags: