post-slider post-slider

दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेजले पायो सम्बन्धन, ५० जनाको सिट निर्धारण

Image
A A

काठमाडौं- दुर्गा प्रसाईंको बिएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च सेन्टर प्रालिले चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ।

पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउने गरी चिकित्सा शिक्षा आयोगले सिट निर्धारण गरेसँगै बिएन्डसीमा एमबिबिएसको अध्ययन हुने भएको हो।

विर्तामोड नगरपालिका वडा नम्बर ५ मा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले २०७१ फागुन १८ गतेदेखि ३०० शय्याको अस्पतालसहित बिएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो।

नेपाल सरकारबाट २०६४ सालमै मनसाय पत्र प्राप्त गरेर प्रालिले एमबिबिएसका विद्यार्थी पढाउनका लागि सम्पूर्ण पूर्वाधार स्थापना गरिसकेपछि पनि अध्यापनको स्वीकृति पाउन लामो अवधि कुर्नु परेको थियो।

सर्वोच्च अदालतले २०८० चैत १३ गते बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो। 

बिएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिका प्रिन्सिपल प्रा.डा.उमेश शर्माले सम्पूर्ण पूर्वाधार तयार रहेको जनाउँदै अब छिट्टै एमबिबिएसका विद्यार्थीको भर्ना र पठन-पाठन सुरू हुने बताए।

विर्तामोडमा सुविधा सम्पन्न अस्पताल सञ्चालन र मेचीनगर-११ धाइजनमा पठन-पाठनका लागि पूर्वाधारयुक्त साइन्स बेसिक भवन स्थापना भइसकेको शर्माले जानकारी दिए। 

Tags: