post-slider post-slider

प्रस्तावित प्रधानन्यायाशीश कार्कीसँग प्रश्नोत्तर

Image
A A

काठमाडौं- संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग प्रश्नोत्तर सुरू भएको छ।

कार्कीविरूद्ध परेको उजुरी र उनले बिहीबारको बैठकमा पेस गरेको कार्ययोजनाबारे प्रश्न सोध्ने क्रम जारी छ।

प्रश्नपछि कार्कीले जवाफ दिनेछन्।

संसदीय समितिले उनको नाम अनुमोदन गरेपछि हाल कायम मुकायम प्रधानन्यायाधीश भएर काम सम्हालिरहेका कार्की प्रधानन्यायाधीश नियुक्त हुनेछन्।

संवैधानिक परिषदबाट भएको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ।

कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न २५ वैशाखमा संवैधानिक परिषद बैठकले सिफारिस गरेको थियो।

 

Tags: