post-slider post-slider

हमासको नियन्त्रणमा रहेको छैठौं इजरायली बन्धकको मृत्यु

Image
A A

काठमाडौं- हमासको नियन्त्रणमा रहेका इजरायली बन्धकमध्ये ६ जनाको मृत्यु भएको पुष्टि भएको छ।

गाजामा बसोबास गर्ने ७० वर्षीया ओफ्रा किदारको मृत्युको पुष्टि भएको हो।

७ अक्टोबरका दिन छोरीसँग डुलिरहेका बेला हमासले उनलाई नियन्त्रणमा लिएको थियो। उनकी छोरी जेनतेन जोगिएकी थिइन्। हमासको नियन्त्रणबाटै ओफ्राले परिवारमा फोन गरेकी थिइन्।

हमासले त्यही दिन इजरायलमाथि आक्रमण गरेको थियो।

हमासका लडाकुले आफूलाई गोली हान्न लगिरहेको ओफ्राले फोनमा बताएकी थिइन्। उनका पति सामीलाई हमासले घरमै गोली प्रहार गरेर हत्या गरेको थियो।

 

Tags: