post-slider post-slider

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन

Image

काठमाडौं - प्रधानमन्त्रीको दल नेकपा एमालेले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ। जागरण सभा नाम दिइएको उक्त शक्ति प्रदर्शनको र्‍याली भद्रकालीबाट सुरू भएर दरबारमार्ग पुगेको छ। 

एमालेले जागरण सभाका काठमाडौं, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने बताएको छ।

कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। एमालेले आफ्नो पार्टी र नेतृत्वविरुद्ध सडकबाट देखाइदिने भन्दै अफवाह फैलाइरहेकाहरूलाई जवाफ दिन यो जागरण सभा गरेको बताएको छ।

एमालेको र्‍यालीका कारण काठमाडौं दरबारमार्ग क्षेत्रको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ। 

Tags: