post-slider post-slider

राष्ट्रियसभा बैठक सोमबार १ बजेसम्म स्थगित

Image
A A

काठमाडौं- राष्ट्रियसभाको बैठक सोमबार १ बजेसम्मका लागि स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित भएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको उल्लंघन गर्दै नागरिकता विधेयक प्रमाणीकरण गरेको र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा राष्ट्रघाती काम गरेको भन्दै आइतबार राष्ट्रियसभाको बैठकमा एमालेले सरकारको जवाफ मागेर बैठक अवरोध गरेको थियो।

एमाले सांसदहरूको अवरोध नरोकिएपछि राष्ट्रियसभाको आइतबारको बैठक २९ मिनेटका लागि रोकिएको थियो।

दोस्रोपटक बैठक सुरू भएसँगै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले समय लिएर बोल्दै राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लंघन गरेको बताएका थिए।

त्यस्तै उनले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले लिपुलेक, कालापानी र लिम्पियाधुरालगायतको भूभाग बंगलादेशसँगको बाटो पाउने सर्तमा भारतलाई छोड्न तयार रहेको कुरा गरेर राष्ट्रघाती काम गरेको आरोप लगाए।

भ्रमणका सन्दर्भमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने श्रेष्ठले माग गरे।

यो विषयमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारलाई जवाफ दिन रूलिङ गरेका छन्।

 

Tags: