post-slider post-slider

कोसी प्रदेसमा नयाँ सरकार गठनका लागि आह्वान

Image
A A

काठमाडौं- कोसी प्रदेसमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ।

प्रदेस प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन्।

नयाँ सरकार गठनका लागि ६ दिनको समय दिएर सरकार गठनको आह्वान गरेका प्रदेस प्रमुख खापुङले २६ असोजसम्म दाबी पेस गर्न समय दिएका छन्।

अल्पमतमा रहेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्न सम्भावना नदेखेपछि शनिबार प्रदेससभा बैठकमा राजीनामाको घोषणा गरेका थिए।

मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरेसँगै प्रदेस प्रमुख खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।

कार्की सर्वोच्च अदालतको परमादेशबाट २२ भदौमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रदेस प्रमुख खापुङले आह्वान गरेको संविधानको धारा ५ मा ‘कुनै सदस्यले प्रदेससभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्थामा प्रदेस प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने’ व्यवस्था छ।

यो उपधाराअनुसार पनि सरकार गठनको अवस्था नभए वा यसरी नियुक्त भएका मुख्यमन्त्रीले उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न नसके कोसी प्रदेस मध्यावधितिर अगाडि बढ्ने निश्चित छ।

उपधारा ५ बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसके वा मुख्यमन्त्री नियुक्त हुन नसकेमा मुख्यमन्त्रीको सिफारिसमा प्रदेस प्रमुखले प्रदेससभा विघटन गरी ६ महिनाभित्र अर्को प्रदेससभा निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने संवैधानिक व्यवस्था छ।

कोसी प्रदेससभामा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपासहित गठबन्धनसँग ४७ सांसद रहेका छन्।

त्यस्तै सबैभन्दा ठूलो दल नेकपा एमालका सभामुखसमेतको हैसियतमा रहेकी सिर्जना दनुवारसहित ४० र राप्रपाका ६ सांसद छन्।

प्रदेससभा निर्वाचनमा सहकार्य गरेको राप्रपाले पछिल्लो समय एमालेलाई साथ नदिने बताएको छ।

प्रदेस प्रमुखले आह्वान गरेको उपधारा ५ बमोजिम फेरि गठबन्धनबाटै मुख्यमन्त्री नियुक्त हुने सम्भावना बढेको छ।

यद्यपि त्यसका लागि गठबन्धनआवद्ध दलभित्र सहमति जुटाउन सकस पर्ने देखिन्छ।

 

 

Tags: