post-slider post-slider

बाग्लुङमा सरकारी पिकअप दुर्घटना, तीन जनाको मृत्यु

Image
A A

बाग्लुङ - बाग्लुङको गलकोट नगरपालिका २ नरेठाटीको भुङ्खानीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

लोकमार्गमा रा.१.झ.२०० नं. को सरकारी पिकअप गाडी सडकदेखि झन्डै ३०० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

मृत्यु हुनेमा दुई जना महिला र एकजना पुरुष रहेका छन्। उनीहरुको पहिचान भने खुल्न बाँकी रहेको छ।

दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन्। गम्भीर घाइतेको उद्धार गरी उपचारका लागि धौलागिरी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

Tags: