post-slider post-slider

सकियो एमालेको संकल्प यात्रा

Image
A A

काठमाडौं- नेकपा एमालेको झुलाघाट–चिवाभन्ज्याङ मध्यपहाडी संकल्प यात्रा आइतबारबाट सकिएको छ।

पाँचथर सदरमुकामबाट उत्तरी सीमास्थित चिवाभन्ज्याङ पुगेर अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूको सम्बोधनपछि एमालेको संकल्प यात्रा सकिएको हो।

अध्यक्ष ओली र शीर्षस्थ नेताहरू हेलिकप्टर प्रयोग गरेर चिवाभन्ज्याङ पुगेका थिए।

यात्रा अवधिभर मोटर प्रयोग गर्दै आएका ओली पाँचथरबाट चिवाभन्ज्याङ पुग्ने क्रममा हेलिकप्टर प्रयोग गरेका हुन्।

अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेलगायतका नेताहरू हेलिकप्टर प्रयोग गरेर चिवाभन्ज्याङ पुगेका थिए।

मंसिर १४ गते महाकाली नदीको किनार झुलाघाटबाट सुरू भएको यात्रा आइतबार पाँचथरको चिवाभन्ज्याङमा नेपालको झण्डात्तोलन गरेर ओलीले समापन गरेका हुन्।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ ले राजनीतिप्रति जनतामा फैलिँदै गएको निराशालाई आशामा परिणत गरेको बताए।

यो अभियानले मध्यपहाडको विकास योजना बनाउन ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्दै ओलीले यात्राबाट विकासको खाका बनाउने आधार तयार भएको उल्लेख गरे।

उनले देशको राजनीति अन्योलतातर्फ उन्मुख भएको भन्दै चिन्ता व्यक्त गरे।

गठबन्धन सरकारका कारण देशको अवस्था ओरालोतर्फ लागेको उनको भनाइ छ।

 

Tags: