post-slider post-slider

ललिता निवास प्रकरण : पक्राउ परेका चार जनालाई ७ दिन हिरासतमा राख्न अनुमति

Image
A A

काठमाडौं- ललिता निवास जग्गा हिनामिना गर्न सरकारी कागज कीर्ते गरेको आरोपमा पक्राउ परेका चार जना आरोपीलाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

जिल्ला अदालत काठमाडौं मंगलबार पक्राउ परेका चार जनालाई अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

ललिता निवास जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन कर्मचारी गोपाल कार्की र धर्मप्रसाद गौतमलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले जनाएको छ।

प्रहरीले यो प्रकरणमा सात जनालाई पक्राउ गरे पनि ३ जनाको नाममा पहिले निषेधाज्ञा जारी भइसकेको पाइएपछि छाडिएको थियो।

 

Tags: