post-slider post-slider

गाजाको सबैभन्दा ठूलो अस्पतालमा ५५ हजार मानिसले लिए शरण

Image
A A

काठमाडौं- गाजाको सबैभन्दा ठूलो अस्पताल अल शिफाभित्र चिन्ताजनक अवस्था बनेको छ।

युद्धका कारण विस्थापित भएका करिब ५५ हजार मानिस अस्पतालमा बसिरहेको र अस्पताल परिसरभित्र कहिँकतै ठाउँ नरहेको त्यहाँ कार्यरत चिकित्सकलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

अस्पतालका चिकित्सक मारवान अबुसादाले भनेका छन्,‘अस्पतालमा बिरामी आउने क्रम निरन्तर जारी छ। यो सप्ताह करिब एक सय बिरामीलाई अर्को अस्पताल पठाइएको छ। हरेक आधा घन्टामा ठूलो संख्यामा घाइतेहरू अस्पताल आइरहेका छन्।’

एनेस्थेटिक्स, पेन किलरदेखि एन्टिबायोटिक्स सबैको कमीका कारण परिस्थिति कठिन बनेको उनको भनाइ छ।

इजरायलले हमासको मुख्य कमान्ड अलसिफा अस्तापल भित्रबाट सञ्चालन भइरहेको दाबी गरेको छ।

हमासले भने इजरायलको यो दाबीलाई खन्डन गरेको छ।

अस्पतालमा कार्यरत चिकित्सकहरूले सुरक्षाको माग गरेका छन्।

समाचार एजेन्सी एपीले स्थानीयवासीलाई उद्धृत गर्दै इजरायलको युद्धक विमानले अस्पताल नजिक आइतबार रातभर आक्रमण गरेको जनाएको छ।

 

Tags: