post-slider post-slider

युके पठाइदिने भन्दै तीन जनाबाट ७६ लाख लिएर भागेका केसी पक्राउ

Image
A A

काठमाडौं- वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बागलुङ बडिगाड गाउँपालिका-९ घर भई हाल काठमाडौं-२८ बागबजार बसिरहेका ३६ वर्षीय पाण्डप भनिने युद्धबहादुर केसी रहेका छन्।

उनलाई बागबजारबाट बुधबार बेलुका पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।

सारदा सुवेदीसहित तीन जनाबाट केसीले ७६ लाख रकम ठगी गरेको रेग्मीले बताए।

प्रतिव्यक्ति २६ लाख रुपैयाँ लागत लाग्ने भन्दै केसीले रकम संकलन गर्न थालेका थिए। युके पुगेपछि केयर गिभरको काम लगाइदिने र मासिक साढे १० लाख तलब हुने भन्दै केसीले रकम लिएका थिए।

तर, रकम लिएर फरार भएपछि पीडितले निवेदन दिएको रेग्मीले बताए। केसीलाई आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

Tags: