post-slider post-slider

विमान खरिदका लागि निगमले गर्‍यो प्रस्ताव आह्वान

Image
A A

काठमाडौं- नेपाल वायुसेवा निगमले विमान खरिदका लागि प्रस्ताव आह्वान गरेको छ।

निगमले आइतबार द राइजिङ नेपाल दैनिकमा सार्वजनिक सूचना प्रकाशन गरेर विमान खरिदका लागि आह्वान गरेको हो।

निगमले सूचना प्रकाशन गरेर ‘थ्रि स्टोल’ विमान खरिदका लागि विमान निर्माता कम्पनीहरूसँग प्रस्ताव आह्वान गरेको हो।

प्रस्ताव सूचना प्रकाशन भएको मितिदेखि डिसेम्बर ५, २०२३ को दिउँसो १२ बजेसम्म दर्ता गर्नुपर्नेछ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले यस वर्ष १० वटा विमान खरिद गर्ने तयारी भइरहेको बताएका थिए।

उनले नेपालका दुर्गम जिल्लाहरूमा हवाइसेवा विस्तार गर्न निजी कम्पनीहरूलाई मनपरी भाडा लिन रोक्न नेपाल एयरलाइन्सले विमान खरिद गर्नुको विकल्प नभएको बताएका थिए।

यसै वर्ष विमान खरिद गरी दुर्गम जिल्लाहरूमा सेवा विस्तार गर्ने निगमले जनाएको छ।

हाल नेपाल एयरलाइन्सले दुईवटा ट्विनटर विमानबाट दुर्गम जिल्लाहरूमा सेवा दिँदै आइरहेको छ।

Tags: