post-slider post-slider

बन्धकलाई तत्काल रिहा गर्न हमासलाई गुटेरेसको आग्रह

Image
A A

काठमाडौं- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा हमास समूहले बन्धक बनाएका सबैलाई निःसर्त तत्काल रिहा गर्न आग्रह गरेका छन्।

नेपालको औपचारिक भ्रमणमा रहेका गुटेरेसले सामाजिक सञ्जालमार्फत यस्तो आग्रह गरेका छन्।

‘म नेपालबाट गाजामा बन्दी बनाइएको सबैलाई निःसर्त एवं तत्काल रिहा गर्न आग्रह गर्दछु। सर्वसाधारणको हत्या, उनीहरूमाथि हुने आक्रमण र अपहरणलाई कदापि न्यायोचित मान्न सकिँदैन,’ गुटेरेसले लेखेका छन्।

हमास समूहले इजारयलमा अध्ययनरत विद्यार्थी विपिन जोशीलाई बन्धक बनाएको आशंका गरिएको छ।

आतंकवादी समूह इजरायलले गरेको आक्रमणपछि जोशी सम्पर्कविहीन भएका छन्।

हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको छ। यो समूहले गत असोज २० गते इजरायलमाथि आक्रमण गरेको थियो।

 

Tags: