post-slider post-slider

विपिन जोशीबारे चाँडै सकारात्मक परिणाम आउनसक्छ : कतार

Image
A A

काठमाडौं- हमासको नियन्त्रणमा रहेका बन्धकहरूलाई रिहा गराउन पहल गरिरहेको कतारले नेपाली विद्यार्थी विपिन जोशीबारे चाँडै सकारात्मक परिणाम आउनसक्ने बताएको छ।

परराष्ट्रमन्त्री एनपी साउदसँग सोमबार राजधानी दोहामा भएको शिष्टाचार भेटवार्ताका क्रममा कतारका प्रधानमन्त्री अब्दुल रहमान अल–थानीले यस्तो बताएका हुन्।

भेटका क्रममा परराष्ट्रमन्त्री साउदले हमासले बन्दी बनाएको जोशीको शीघ्र रिहाइका लाथि सशक्त पहल गरिदिन प्रधानमन्त्री अल–थानीसँग आग्रह गरेपछि उनले यस्तो बताएका हुन्।

साउदले हमाससँग कतारको सम्पर्क, मध्यपूर्वको समस्यामा कतारले निर्वाह गरिरहेको सक्रिय मध्यस्थकर्ताको भूमिका एवं कतार र नेपालबीचको जनस्तरलगायतको गहिरो र मित्रवत सम्बन्धका आधारमा यो मानवीय मामिलामा कतार अधिराज्यसँग नेपाल सरकारले उच्च आशा गरेको बताएका थिए।

जवाफमा कतारका प्रधानमन्त्री अल–थानीले जोशीलगायत विदेशी बन्दीहरूको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको जानकारी दिए।

उनले नेपाली विद्यार्थी जोशीको हकमा चाँडै सकारात्मक परिणाम आउनसक्ने संकेतसमेत गरे।

नेपालसँगको सम्बन्धलाई कतार सरकारले प्राथमिकतामा राखेको अल–थानीको भनाइ थियो।

परराष्ट्रमन्त्री साउदले प्रधानमन्त्री अल–थानीसँग व्यापार र लगानीलगायतका विषयमा छलफल गरेका थिए।

साउद दोहो फोरम–२०२३ मा सहभागी हुन त्यसतर्फ गएका हुन्।

 

Tags: