post-slider post-slider

‘समुदायमा कांग्रेस’ अभियान आजदेखि

Image
A A

काठमाडौं- नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान मंगलबारदेखि सुरु भएको छ।

सहिद दिवसको अवसर पारेर कांग्रेसले मंगलबारदेखि औपचारिक रुपमा यो अभियान सुरु गरेको हो।

अभियानअन्तर्गत सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ।

माघ २६ गते सञ्चालन हुने अभियानका लागि केन्द्रीय तहका नेताहरु वडासम्म पुग्नेछन्। अभियानका क्रममा उनीहरुले जनताका कुरा मात्रै सुन्ने कांग्रेसले बताएको छ।

कांग्रेसले अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेसमा शीर्ष नेतालाई खटाएको छ।

कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले अभियानलाई थप प्रभावकारी बनाउन फरक–फरक जिल्लामा फरक–फरक समुदाको बीचमा केन्द्रीय नेतृत्वसँगै प्रदेसले तोकेका पदाधिकारीहरु सहभागी हुने बताए।

उनका अनुसार फरक–फरक जिल्लामा फरक–फरक समुदायको बीचमा पुग्न र संवाद गर्न प्रदेसगत रुपमा जिम्मेवारी दिइएको छ।

कुन नेता कहाँ खटिए?

कोसी प्रदेस

शेखर कोइराला– झापा र सुनसरी

नारायण खड्का– संखुवासभा, भोजपुर, तेह्रथुम र धनकुटा

बलहादुर केसी – मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, ओखलढुंगा र उदयपुर

मधेस प्रदेसका ४ र वागमती प्रदेसका २ जिल्ला

प्रकाशमान सिंह– मधेस प्रदेसको महोत्तरी, सिरहा, सप्तरी र धनुषा

बागमतीको सिन्धुली र मकवानपुर

महालक्ष्मी उपाध्याय ‘डिना’– बारा, पर्सा, रौतहट र सर्लाही

बागमतीको धादिङ र चितवन

बागमती प्रदेस

मिनेन्द्र रिजाल – काठमाडौं, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा

पुष्पा भुसाल – ललितपुर, भक्तपुर, रामेछाप र दोलखा।

गण्डकी प्रदेस

महेन्द्र यादव – तनहुँ, लमजुङ, गोर्खा, पर्वत र नवलपुर

प्रदीप पौडेल– कास्की, स्याङ्जा, म्याग्दी र बाग्लुङ

लुम्बिनी प्रदेस

विमलेन्द्र निधि – रूपन्देही, अर्घाखाँची, दाङ, पाल्पा, बाँके र रोल्पा

डिला संग्रौला – कपिलवस्तु, पाल्पा, गुल्मी, रूकुम ९पूर्व०, बर्दिया, प्युठान र नवलपरासी

कर्णाली प्रदेस

शशांक कोइराला– दैलेख, सल्यान र सुर्खेत

सुदूरपश्चिम प्रदेस

भिष्मराज आङदेम्बे – कैलाली, डोटी, अछाम, बझाङ, डडेल्धुरा, दार्चुला, बैतडी र कञ्चनपुर

 

Tags: