post-slider post-slider

भूकम्पबाट घाइतेको उद्धार र उपचार युद्धस्तरमा हुन्छ : प्रचण्ड

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ ले भूकम्प प्रभावितहरूको उद्धार र उपचार युद्धस्तरमा हुने बताएका छन्।

रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमनपश्चात अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै प्रचण्डले यस्तो बताएका हुन्।

शनिबार जाजरकोटको सदरमुकाम खलङ्गा पुगेका प्रधानमन्त्री प्रचण्डले घाइतेहरूको उद्धार र उपचारमा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे।

चोरजहारी अस्पताल, सोनीभेरी गाउँपालिका अस्पताल, जिल्ला अस्पताल सल्ले र आठविसकोट नगर अस्पताल पुगेर उनले घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

प्रचण्डले घाइतेको उद्धार तथा राहतको व्यवस्थाबारे जिल्लास्थित सुरक्षा निकाय, स्थानीय तहसँग जानकारी लिएका थिए।

 

Tags: