post-slider post-slider

विश्वकप छनोट : वेस्टइन्डिजसँग नेपाल १०१ रनले पराजित

Image
A A

काठमाडौं - विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपाल वेस्टइन्डिजसँग  १०२ रनले पराजित भएको छ।

जिम्बावेको हरारे मैदानमा बिहीबार भएको खेलमा नेपाल विश्वविजेता वेस्टइन्डिजसँग १०१ रनले पराजित भएको हो।

वेस्टइन्डिजले जितका लागि दिएको ३४० रनको लक्ष्य पछ्याएको नेपाली टोली  ४९.४  ओभरमा सबै   विकेट गुमाएर  २३८  रनमात्रै जोड्नसक्यो।

नेपालका तर्फबाट ब्याटिङ गर्दै आरिफ शेखले सर्वाधिक ६३ रन बनाएर ९३ बलको सामना गरेका उनले ४ चौका र एक छक्का हानेका थिए।

त्यस्तै गुलशन झाले ५८ बलको सामना गरेर ४२ रन जोडे। उनले ५ चौका र १ छक्का प्रहार गरे।

अमेरिकाविरूद्धको खेलमा १ रनबाट सतक बनाउन चुकेका ओपनर कुशल भुर्तेल ५ रनमा आउट भए भने अर्का ओपनर आसिफ शेख २८ रनमात्रै जोडे।

कप्तान रोहित पौडेलले ३०, भीम शार्कीले २, दीपेन्द्रसिंह ऐरीले २३ र कुसल मल्ल २ रन बनाएर आउट भए।

यसअघि टस जितेर नेपालले वेस्टइन्डिजलाई ब्याटिङका लागि निम्तो गरेको थियो।

खराब सुरूवात गरेको वेस्टइन्डिजका मध्यक्रमका ब्याट्सम्यानहरूले संयमका साथ ब्याटिङ गर्दा नेपालसामू विशाल लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो।

विश्वकप विजेता रहिसकेको वेस्टइन्डिजले ५० ओभरमा ७ विकेटको क्षतिमा ३३९ रन बनाएको थियो।

कप्तान साई होप र निकोलस पुरनकोे सतकीय इनिङले वेस्टइन्डिज ३३९ रन जोड्न सफल भयो।

होपले १२९ बल खेलेर १३२ र पुरनले ९४ बलमा ११५ रन जोडे। कप्तान होपलाई ललित राजवंशी र पुरनलाई दीपेन्द्रसिंह ऐरीले आउट गरे।

तर, यी दुई ब्याट्सम्यान आउट हुँदासम्म धेरै ढिलो भइसकेको थियो। सुरूवाती ओभरमा कमजोर सुरूवात गरेको वेस्टइन्डिजलाई आउट हुनुअघि होप र पुरनले दह्रिलो स्थितिमा पु¥याइसकेका थिए।

र, यसका लागि पुरनले पाएको दुई जीवनदान प्रमुख कारण बन्यो।

सुरूवाती चरणमा ब्याटिङका लागि संघर्षरत वेस्टइन्डियन ब्याट्सम्यानहरूले मध्य ओभरमा सानदार प्रदर्शन गरे।

नेपालले दोस्रो ओभरमै वेस्टइन्डिजका ओपनर कल मायर्सलाई आउट गरेको थियो।

करण केसीको बलमा कुशल भुर्तेलले मायर्सको क्याच लिएका थिए। आउट हुनुअघि मायर्सले जम्मा १ रनमात्र बनाउनसके।

पाँचौं ओभरमा वेस्टइन्डिजका तेस्रो नम्बरका ब्याट्सम्यान जोन्सन चाल्र्सलाई गुलसन झाले विकेटकिपर आसिफ शेखबाट क्याच आउट गरे।

गुलसनको स्पेलको पहिलो बलमै आउट भएका चाल्र्सले खातासमेत खोल्न सकेनन्।

१५.३ ओभरमा तेस्रो विकेटका रूपमा ब्रेन्डन किंग आउट भए। ३२ रन बनाएर खेलिरहेका किंगलाई सन्दीप लामिछानेले बोल्ड गरे।

त्यसपछि कप्तान होप र पुरनको सुझबुझपूर्ण ब्याटिङले वेस्टइन्डिजलाई विशाल स्कोर खडा गर्न सहज बनायो। यी दुवैले सतकीय पारी खेल्दा चौथो विकेटका लागि २१६ रनको साझेदारी गरे।

४७.१ ओभरमा ललितले वेस्टइन्डिजका पाँचौं विकेटका रूपमा रोभन पावेललाई गुलसनबाट क्याच आउट गराए।

पावेलले १४ बलमा ३ चौका र १ छक्कासहित २९ रन बनाए। इनिङ्सको अन्तिम बलमा ललितले किमो पाउललाई १ रनमा बोल्ड गरे।

जेसन होल्डर १६ रनमा नटआउट रहे।

नेपालले वेस्टइन्डिजविरूद्धको खेलमा ७ जना बलर प्रयोग गरेको थियो।

प्रतियोगितका समूह ‘ए’ मा रहेको नेपालले यसअघि पहिलो खेल घरेलु टोली जिम्बावेसँग ८ विकेटले गुमाएको थियो भने दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो।

आगामी अक्टोबर–नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा खेल्न नेपालले यो समूहमा शीर्ष तीनभित्र रहेका सुपर सिक्समा पुग्नुपर्छ।

 

Tags: