post-slider post-slider

‘रिगल’को कैद मिनाहाविरुद्ध भारती अनशनमा

Image
A A

काठमाडौं- भारती मानन्धरले श्रीमान् चेतन मानन्धरको हत्या गर्ने योगराज ढकाल ‘रिगल’लाई सरकारले दिएको कैद मिनाहविरुद्ध अनशन थालेकी छन्।

उनले माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी हुन्। भारतीले न्याय नपाएसम्म अनशन जारी राख्ने बताएकी छन्। मंगलबार उनले  रिगलको कैद सजाय मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायरसमेत गरेकी छन्। 

भारतीले रिगलको कैद सजाय मिनाहा गर्ने राष्ट्रपतिको निर्णय बदर हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी हुन्। 

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगलको कैद सजाय मिनाहा गरिदिएका थिए। रिगलविरुद्ध २८ असार २०७२ मा नेपालगन्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग छ।

Tags: