कोलकत्तामा एक डाक्टरको बलात्कारपछि हत्या, आरोपी पक्राउ
कोलकत्ता- कोलकातामा एक सरकारी अस्पतालका ट्रेनी डाक्टरलाई बलात्कारपछि हत्या गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार राधा गोविन्द कार मेडिकल कलेजमा कार्यरत एक डाक्टरको बलात्कारपछि हत्या गरिएको हो।
भारतीय प्रहरीका अनुसार सो अस्पतालको सेमिनार हलमा गत अगस्ट ९ मा स्नातकोत्तर तहका प्रशिक्षार्थी महिला डाक्टरको अर्धनग्न शव फेला परेको थियो।
अनुसन्धानपछि प्रहरीले आरोपी सञ्जयलाई अगस्ट ९ मा नै पक्राउ गरिसकेको छ। र, प्रहरीले उनीविरुद्ध हत्या र जबरजस्ती करणी मुद्दा दर्ता गरी १४ दिनको न्यायिक हिरासतमा पठाएको छ।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले यस मुद्दालाई फास्ट ट्र्याक कोर्टमा पठाइने बताइन्। दोषीलाई मृत्युदण्डको माग गरिएको छ।
सेमिनार हलमा उनी भेटिँदा आँखा, मुख र गुप्तांगबाट रगत बगिरहेको थियो। कोलकाता प्रहरीका अनुसार डाक्टरको आँखा, मुख र गुप्तांगबाट रगत बगिरहेको थियो।
उनको पेट, देब्रे खुट्टा, घाँटी, दाहिने हात, औंठी औँला र ओठमा पनि चोट लागेको छ। घाँटीको हड्डी पनि भाँचिएको थियो।
उनको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको प्रहरीले जनाएको छ।
३१ वर्षीय प्रशिक्षार्थी डाक्टर चेस्ट मेडिसिन विभागमा पीजी दोस्रो वर्षमा अध्ययनरत् थिइन्। अभियुक्त अस्पतालका कर्मचारी होइन, बाहिरका व्यक्ति हुन्। तर अस्पतालका विभिन्न विभागहरूमा उनको धेरै पहुँच रहेको थियो।