post-slider post-slider

सेफिल्डमाथि म्यानचेस्टर युनाइटेडको सानदार जित

Image
A A

काठमाडौं- इङ्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले सेफिल्ड युनाइटेडलाई पराजित गरेको छ।

गएराति सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले सेफिल्डलाई ४-२ गोल अन्तरले पराजित गरेको हो।

म्यानचेस्टर युनाइटेडका लागि ब्रुनो फर्नानडेजले २ गोल गरेका थिए भने ह्यारी म्याग्युरे र रासमस होजलण्डले एक-एक गोल गरेका थिए।

त्यसैगरी, सेफिल्डका लागि जयडेन बोगले र बेन डियाजले एक-एक गोल गरेका थिए।

यो जितपछि म्यानचेस्टर युनाइटेडको ३३ खेलमा ५३ अंक भएको छ र छैटौं स्थानमा रहेको छ।

त्यस्तै, सेफिल्डको भने ३४ खेलमा केवल १६ अंक रहेको छ र यस सिजनमा रेलिगेसनको नजिक रहेको छ ।
 

Tags: