post-slider post-slider

दुर्गा प्रसाईंको दाबी : पूर्वराजाले अगाडि बढ्न भने

Image
A A

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो अभियानको प्रशंसा गर्दै समर्थन गरेको दाबी गरेका छन्।

व्यवस्था परिवर्तन र राजसंस्था पुनः स्थापनाको एजेन्डा बोकेर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान’ मार्फत आन्दोलन गरिरहेका प्रसाईंले पूर्वराजा शाहले आफ्नो अभियानको समर्थन गरेको दाबी गरेका हुन्।

सामाजिक सञ्जालमा भाइरले एक भिडियोमा उनले यस्तो दाबी गरेका हुन्।

प्रसाईंले ‘आफूलाई राजाले टेलिफोन गरेर ‘आइ एप्रिसिएट यु, गो अहेड’ भनेको’ बताएका छन्।

‘राजपरिवार’ ले यो अभियानलाई विश्वास गर्नु आफ्नो लागि निकै ठूलो कुरा रहेको उनको भनाइ छ।

‘मेरो तपाईंलाई सहयोग समर्थन छ,’ प्रसाईंले भनेका छन्,‘राजपरिवारले त्यति विश्वास गर्नु मेरो लागि निकै ठूलो कुरा हो।’

प्रसाईंले काठमाडौंमा आन्दोलन गरिरहँदा पूर्वराजा राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन झापा पुगेका थिए।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनसमेत सहभागी कार्यक्रममा उनले पृथ्वीनारायण शाहको शालीक अनावरण गरेका थिए।

राजधानीमा कार्यक्रम भइरहँदा पूर्वराजा शाह झापा गएकोमा प्रसाईंको कुनै आपत्ति जनाएका छैनन्। 

राजा सबैको साझा भएकाले जता पनि जानसक्ने उनको भनाइ छ।

‘राजा सबैका साझा हुन, जता गए पनि ठीकै छ, यसमा मेरो केही गुनासो छैन,’ उनले भने।

 

Tags: