post-slider post-slider

कर्मचारी संगठनहरूले भन्यो – वकिललाई न्यायाधीश नबनाऊ

Image

काठमाडौं- अदालतका कर्मचारी र कानुन व्यवसायीबीच तनाव बढिरहँदा विभिन्न ट्रेड युनियनले वकिललाई न्यायाधीश नियुक्ति नगर्न माग गरेको छ।

ट्रेड युनियनहरूले रिक्त रहेका सर्वोच्च र उच्च अदालतका न्यायाधीश पदमा न्याय सेवाअन्तर्गतका न्याय, कानुन र सरकारी वकिल गरी तीनवटै समूहको सम्मानजनक प्रतिनिधित्वको माग गरेका छन्।

‘रित्त रहेका सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश पदमा नियुक्त गर्दा न्याय सेवाअन्तर्गतका न्याय, कानुन र सरकारी वकिल गरी तीनवटै समूह, कानुन व्यवसायी, उच्च र जिल्ला न्यायाधीशलगायतका सबै पक्षहरूको सम्मानजनक प्रतिनिधित्वको माग गर्दछौं,’ ट्रेड युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

महान्यायाधिवक्ता कार्यालयमा कार्यरत क्रियाशील संगठनले जारी गरेको विज्ञप्तिमा आफ्ना माग बेवास्ता गरिए संघर्षमा उत्रने चेतावनीसमेत दिइएको छ।

आफूहरूलाई पाखा लगाउने तथा हतोत्साहित गराउने गरी न्यायाधीश नियुक्ति नगर्न उनीहरूले माग गरेका छन्।

सर्र्वाेच्च अदालतमा सिधै नियुक्ति हुने व्यवस्था हटाउन र बढीमा उच्च अदालतलाई मात्र प्रवेशद्वार बनाउन ती संगठनहरूको माग छ।

उच्च अदालतमा प्रतिस्पर्धा र संसदीय सुनुवाइविनै न्यायाधीश नियुक्त हुने गरेको र सर्वोच्च अदालतमा राजनीतिक आबद्धता र नातागोताका आधारमा सिधै नियुक्त हुने गरेकाले न्यायालयमा विचलन आएको उनीहरूको भनाइ छ।

Tags: