post-slider post-slider

उपनिर्वाचनको मतदान सुरू

Image

काठमाडौं - स्थानीय तहका पालिका प्रमुखसहित रिक्त ४१ पदका लागि आइतबार निर्वाचन हुँदैछ।

निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाे जानकारी दिएकाे छ। मतदान सुरू भएको छ। 

आयोगका अनुसार निर्वाचन हुने स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रहरूमा  बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। 

एक नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिकाकाका २ अध्यक्ष र ४ उपाध्यक्ष र ३३ वडाध्यक्षसहित ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो।

उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएकाले ढुक्कसँग मतदान गर्न निर्वाचन आयोगका सहसचिव तथा प्रवक्ता नीता पोख्रेल अर्यालले अनुराेध गरेकी छिन्।

अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचय पत्र, नेपाली नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र, राहदानी, स्थायी लेखा नम्बर परिचय पत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न सक्नेछन्। 

Tags: