post-slider post-slider

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध 

Image
A A

काठमाडौं- सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराइसँग जोड्ने भीमदत्त राजमार्ग पहिरोले अवरुद्ध भएको छ। कैलालीको गोदावरी नगरपालिका–४, मा सोमबार राती गएको पहिरोले सडक पुरिनुका साथै भासिएको छ।

पहिरोले सडक केही ठाउँमा भासिएर चिरा परेको र राजमार्ग पूर्णरुपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएर दर्जनौं सवारी साधनहरु रोकिदा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन्।

दुई ठाउँमा पहिरो गएको त्यहा खटिएका सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी सहायक निरीक्षक आकास रावलले जानकारी दिए। पहिरो पन्छ्याउन सडक डिभिजन कार्यालय आउन लागेको उनले बताए।

Tags: