post-slider post-slider

सिंहदरबार, पार्टी कार्यालय र नेताहरूको घरको फोहोर नउठाउने बालेनको चेतावनी

Image
A A

काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको  फोहोर नउठ्ने चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमा लेख्दै बालेनले  भ्रष्टलाई समाउन नसकेको तर काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई पक्राउ गरिएको उल्लेख गरेका छन्।

बालेनले चालक रिहा नभएसम्म सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर नउठ्ने बताएका हुन्।

उनले भनेका छन्, 'भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले। जबसम्म स-सम्मान चालकहरू रिहा हुन्नन् सिंहदरबारलगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहोर उठ्दैन। को-को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन!'

Tags: