post-slider post-slider

दक्षिण एसियाली खेलकुद : मंगोलियासामु नेपालले प्रस्तुत गर्‍यो ३१५ रनको विशाल लक्ष्य

Image
A A

काठमाडौं- १९ औं एसियाली खेलकुदअन्तर्गत टि–२० क्रिकेटमा नेपालले मंगोलियालाई ३१५ रनको विशाल लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ३१४ रन जोडेको हो।

पहिलोपटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको मंगोलियाका बलर नेपाली ब्याटरसामु निरीह रहे।

नेपालले तीन विकेट गुमाएर यो लक्ष्य प्रस्तुत गरेको हो।

नेपालका लागि कुशल मल्लले सर्वाधिक १३७ रन बनाए। ५० बलको सामना गर्दै उनले १३७ रन बनाएका हुन्।

कुशलले ३२ बलमा शतक बनाएर विश्व कीर्तिमान बनाएका छन्।

टि–२० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका कुनै पनि ब्याटरले बनाएको यो उच्च स्कोर हो।

कप्तान रोहित पौडेलले ६१ रनको योगदान दिँदा दीपेन्द्रसिंह ऐरीले ५२ रन जोडे। ऐरी ९ बलमा अर्धशतक पूरा गर्ने विश्वकै पहिलो ब्याटर बनेका हुन्।

यसअघि युवराज सिंह, क्रिस गेल र हजरतुल्लाह जजाईले १२ बलमा अर्धशतक बनाएको कीर्तिमान छ।

 

Tags: