post-slider post-slider

संसद सचिवालयको महासचिवमा पाण्डे सिफारिस

Image
A A

काठमाडौं- संघीय संसद सचिवालयको महासचिवमा प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेको नाम सिफारिस भएको छ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संयुक्त रूपमा पाण्डेको नाम सिफारिस गरेको हो।

महासचिवमा पाण्डेको नाम सिफारिस भएको संसद सचिवालय निकट स्रोतले जनाएको छ।

संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेको नाम सिफारिस भएको हो।

गौतमले आइतबार पदबाट राजीनामा दिएका थिए।

Tags: