post-slider post-slider

नेपाल रिपब्लिक मिडिया घाटामा

Image
A A

काठमाडौं, माघ २६ - नेपाल रिपब्लिक मिडियाले लिमिटेडले घाटा व्यहोरेको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले ४२ लाख ६४ हजार रुपैयाँ खुद घाटा अर्थात् ४४.८८ प्रतिशतले घटेको हो।

यस कम्पनीले गत वर्षको यसैअवधिमा ३ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो। सञ्चालन आम्दानी १५ करोड ७९ लाखबाट घटेर ८ करोड ७० लाख रुपैयाँमा झरेको छ। वित्तीय खर्च २ करोड ९१ लाखबाट घटेर १ करोड ७६ लाख रुपैयाँ कायम भएको छ।

मिडियाको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको र यसको रिटेन्ड अर्निङमा ५१ करोड ४० लाख रुपैयाँले ऋणात्मक छ। यस अवधिसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी ४४  पैसा नोक्सानीमा छ। प्रतिसेयर नेटवर्थ भने ८७ रुपैयाँ ९३ पैसा छ।

 

Tags: