post-slider post-slider

जबरजस्ती करणीको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

Image
A A

काठमाडौं- बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा तनहुँबाट एक वृद्ध पक्राउ परेका छन्।

प्रहरीले शुक्ल गण्डकी नगरपालिकाका ७२ वर्षीय रनबहादुर सारू मगरलाई पक्राउ गरेको हो।

९ वर्षीया नाबालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पीडित परिवारको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेव विष्टले जानकारी दिए।

मगरविरूद्ध जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Tags: